काठमाडौँमा राति ९ बजेपछि रात्रि व्यवसाय सञ्चालनमा रोक
सारांश
- काठमाडौं जिल्ला प्रशासनले निर्वाचनलाई ध्यानमा राख्दै रात्रिकालीन व्यवसाय बन्द गर्न समय तोकेको छ।
- फागुन १८ गतेदेखि लागु हुने गरी राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिइएको छ।
- निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै होटेल, रेस्टुरेन्ट लगायतका व्यवसायहरू ९ बजेसम्म मात्र सञ्चालन गर्नुपर्नेछ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ । प्रशासनले फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । प्रशासनले काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने होटेल, रेस्टुरेन्ट लगायतका सम्पूर्ण रात्रिकालीन व्यवसायहरू अर्को निर्णय नभएसम्मका लागि राति ९ जबेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘निर्वाचन सुरक्षालाई मध्यनजर गरी काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखी अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्मको लागी मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसायहरू बन्द गर्न, गराउनुहुन सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ यो नियम फागुन १८ गतेदेखि अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण