धनुषा-३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधिको प्रतिवद्धता
धनुषा । नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधिले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गरेका छन् । चुनावी अभियानका क्रममा बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरे ।
जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुरभन्दा दक्षिणका तीनवटा पालिकाहरूमा आफूले तीनवटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्न चाहेको उनले बताए । मधेस प्रदेश कृषि प्रधान क्षेत्र भए पनि किसानले सधैं मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना खोल्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार यसबाट किसानले समयमै मल पाउने मात्र नभई स्थानीय युवाहरूले ठूलो संख्यामा रोजगारी समेत प्राप्त गर्नेछन् ।
जनकपुरमा ‘राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले यसलाई ‘स्पोर्ट्स इकोनोमी’ (खेलकुद अर्थतन्त्र) सँग जोडे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड अनुदानलाई यही रङ्गशालामा खर्च गर्नेगरी समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उनले बताए ।
ऐतिहासिक धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल बनाउने योजना पनि निधीले अघि सारे । जानकी मन्दिर र अयोध्या धाम जस्तै धनुषाधामलाई विस्तार गरी अन्तर्राष्ट्रिय लगानीकर्ताहरू भित्र्याउने उनको लक्ष्य छ । यसले धार्मिक पर्यटन मात्र नभई आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने उनको विश्वास छ ।
जनकपुरमा जलन (बर्न) अस्पतालको अभाव रहेको महसुस गर्दै उनले एक सुविधासम्पन्न बर्न हस्पिटल निर्माण गर्ने प्रतिबद्धता समेत जनाए । आफ्नो योजना र प्रणाली कार्यान्वयनका लागि आफू प्रतिबद्ध भएर आएको बताउँदै उनले मतदाताहरूलाई मतदान गर्न अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण