इरानमा इजरायली हमलाः ४० छात्राको मृत्यु
सारांश
- इजरायलले इरानको राजधानी तेहरानसहितका सहरहरूमा हमला गर्दा ४० छात्राको मृत्यु भयो र ४५ जना घाइते भए।
- इरानले इजरायलमाथि जवाफी हमला गर्दै करिब ४०० मिसाइल प्रहार गर्यो, साथै अमेरिकी सैन्य अखडाहरूमा पनि हमला गरेको छ।
- इजरायलले इरानको खुफिया र रक्षा मन्त्रालयलाई निशाना बनाएको थियो, जसको जवाफमा इरानले हमला गरेको हो।
तेहरान । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरानसहित धेरै सहरहरूमा हमला गरेको छ । इर्ना समाचार एजेन्सीका अनुसार हमलामा दक्षिणी इरानमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
यसको जवाफमा इरानले पनि इजरायलमा जवाफी हमला सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले पलटवार गर्दै करिब ४०० मिसाइल प्रहार गरेको छ ।
इरानले इजरायलका साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अखडाहरूमा पनि हमला गरेको छ । इरानले यूएईको सबैभन्दा धेरै जनसंख्या भएको सहर दुबईलाई पनि निशाना बनाएको छ ।
खासमा इजरायलले इरानको खुफिया मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता खामेनेईको कार्यालय र इरानको परमाणु ऊर्जा संगठनलाई निशाना बनाएको थियो । हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको छ ।
इजरायलले इरानविरुद्ध आफ्नो नयाँ अभियानको नाम 'लायन्स रोर' राखेको छ । अल जजिराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको बताएको छ ।
यो हमला इरान र अमेरिकाबिच परमाणु हतियारको विषयमा चलिरहेको वार्ताको बिचमा भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हमला गर्ने धम्की दिएका थिए । उनले यो कारबाहीको उद्देश्य अमेरिका र उसका जनतालाई खतराबाट बचाउनु रहेको बताएका छन् ।
ट्रम्पका अनुसार अमेरिकी सेना इरानका मिसाइलहरूलाई नष्ट गर्न र त्यसको मिसाइल कार्यक्रम समाप्त गर्ने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण