इरान–इजरायल युद्ध
इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी
शनिबार, १६ फागुन २०८२, २० : ३७
तेहरान । इजरायलद्वारा गरिएको आक्रमणमा इरानका रक्षा मन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर मोहम्मद पकपुर मारिएको दाबी गरिएको छ ।
इजरायली सैन्य अभियानबारे जानकारी राख्ने दुई स्रोत र एक क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै उनीहरू आक्रमणमा मारिएको विश्वास गरिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचर छापेको छ ।
यद्यपि इरान सरकार वा स्वतन्त्र स्रोतबाट यसबारे औपचारिक पुष्टि भएको छैन । क्षेत्रीय तनाव तीव्र भइरहेका बेला आएका यी दाबीहरूले अवस्था थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ ।
घटनाबारे थप विवरण आउने क्रम जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण