लामिन यामालको पहिलो ह्याट्रिकमा बार्सिलोनाको सानदार जित
सारांश
- बार्सिलोनाले भिल्लारियललाई ४-१ ले हरायो, जसमा लामिन यामालले ह्याट्रिक गरे।
- घरेलु मैदानमा १६ वर्षीय यामालले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई जित दिलाए।
- यामालले २८औं मिनेटमा पहिलो गोल गरे र ३७औं मिनेटमा दोस्रो गोल थपे।
- गुएयेले भिल्लारियलका लागि एक गोल फर्काए, तर यामालले ह्याट्रिक गरे।
काठमाडौँ । लामिन यामालले आफ्नो बार्सिलोना करिअरको पहिलो ह्याट्रिक गरेसँगै स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि ४–१ को सानदार जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा १६ वर्षीय यामाल नायक बने । उनले आफ्नो उत्कृष्ट प्रदर्शनले बार्सिलोनालाई महत्त्वपूर्ण ३ अंक दिलाउन मुख्य भूमिका खेले । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाले यामालको गोलमार्फत अग्रता लिएको थियो ।
खेलको २८ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका यामालले ३७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे र पहिलो हाफमा नै बार्सिलोनालाई २–० को सहज स्थितिमा पुर्याए ।
दोस्रो हाफको सुरुवातमै भिल्लारियलले पुनरागमनको संकेत देखायो । खेलको ४९ औँ मिनेटमा पापे गुएयेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । तर, खेलमा फेरि यामाल चम्किए । ६९ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे र बार्सिलोनाको जित लगभग सुनिश्चित गरे । यो उनको बार्सिलोनाको लागि पहिलो ह्याट्रिक हो ।
खेलको अतिरिक्त समयमा रोबर्ट लेवानडोस्कीले अर्को गोल थप्दै बार्सिलोनालाई ४–१ को फराकिलो र सानदार जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण