गण्डकीमा १७ अस्थायी मतदान केन्द्र निर्धारण
सारांश
- गण्डकी प्रदेशमा आगामी निर्वाचनका लागि १७ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्।
- अस्थायी मतदाता २१ हजार ६९३ जना छन्, जसले तोकिएको केन्द्रबाट मतदान गर्न पाउनेछन्।
- निर्वाचनमा २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन हुनेछन्, जसमा २३४ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।
गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा कुल १७ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
गोरखा, पर्वत, म्याग्दी, तनहुँ, कास्की र बागलुङमा दुई–दुईवटा र नवलपुर, स्याङ्जा, मनाङ, मुस्ताङ र लमजुङमा एक–एकवटा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख नारायण ढकालले जानकारी दिए । गण्डकी प्रदेशमा अस्थायी मतदाता २१ हजार ६९३ जना रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र कारागारका कैदीबन्दीलगायत अस्थायी मतदातामा समावेश छन् । अस्थायी मतदाताले ताकिएको अस्थायी मतदान केन्द्रबाट समानुपातिकतर्फ मत दिन पाउने प्रदेश निर्वाचन अधिकारी ढकालले बताए । गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन् ।
प्रदेशमा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गर्न झन्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिने भएको छ । तीमध्ये १४ हजार ३५० कर्मचारी र सात हजार ६५ स्वयंसेवक रहनेछन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २९ महिला र २०५ पुरुष उम्मेदवार रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण