सुदूरपश्चिम प्रदेशका जिल्लाको अनुगमनमा निस्कियो गृहमन्त्री अर्यालसहितको टोली
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा उच्चस्तरीय सुरक्षा निकायको टोलीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको अनुगमन गरेको छ।
- टोलीले निर्वाचन सुरक्षा र मतदान केन्द्रको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई आवश्यक निर्देशन दिनेछ।
- यसअघि, टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारीबारे छलफल गरेको थियो।
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई लक्षित गरेर गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चस्तरीय सुरक्षा निकायका प्रमुख सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको अनुगमन तथा निरीक्षणमा निस्किएको छ । उनीसँग गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको उच्चस्तरीय टोली सहभागी छ ।
निर्वाचनलाई मध्यनजर गर्दै उच्चस्तरीय सुरक्षा निकायको प्रतिनिधिमण्डलले आज बाँकेको नेपालगन्ज हुँदै बझाङ, बाजुरा र धनगढी पुगेर निर्वाचन सुरक्षा र जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो ।
गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलका अनुसार उच्चस्तरीय प्रतिनिधिमण्डलले निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र त्यहाँका जिल्लास्थित मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
यसअघि शुक्रबार गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्च अधिकारी टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको थियो ।
सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा मुलुकको समग्र शान्ति सुरक्षालाई मजबुत र प्रभावकारी बनाएको छ । निर्वाचन नजिकिएसँगै सरकारको तर्फबाट सुरक्षालगायत अन्य बन्दोबस्तीका सबै तयारी गरिएको जनाइएको छ ।
निर्वाचन सुरक्षा रणनीति अन्तर्गत निर्वाचनअघि, निर्वाचनको अवधिमा र निर्वाचन पश्चात् मतपत्र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण