भारत प्रशासित काश्मिरमा खामेनीको हत्याको विरोधमा प्रदर्शन
सारांश
- भारत प्रशासित काश्मीरमा इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको विरोधमा हजारौँ शिया मुस्लिमहरूले प्रदर्शन गरे।
- प्रदर्शनकारीहरूले इजरायल र अमेरिकाविरुद्ध नाराबाजी गरे, र शहीद भएका नेताप्रति शोक व्यक्त गरे।
- प्रदर्शन श्रीनगरको मुख्य चोकमा भएको थियो, र कश्मीरका अन्य स्थानहरूमा पनि यस्तै प्रदर्शनहरू भए।
काश्मिर । भारत प्रशासित काश्मीरमा इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको विरोधमा हजारौँ शिया मुस्लिमहरूले सडक प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरू रातो, कालो र पहेँलो झन्डा बोकेर श्रीनगरको मुख्य चोकमा भेला भएका थिए ।
शान्तिपूर्ण रहेको उक्त प्रदर्शनका क्रममा धेरैले इजरायल र अमेरिकाविरुद्ध नाराबाजी गरेका छन् । ४० वर्षीय सैयद तौफिकले एएफपीसँग भने– ‘आज हामी सबै निकै दुःखी छौँ । हामीले शहीद भएका आफ्ना प्रिय नेताप्रति शोक व्यक्त गरिरहेका छौँ ।’
‘हामी सधैँ तपाईंको दमनविरुद्ध उभिनेछौँ । यदि तपाईंले हाम्रो प्रिय नेतालाई शहीद बनाएको ठान्नु भएको छ भने त्यो भ्रम हो । हामी खामेनीका सन्तान जीवित रहुन्जेल तपाईं दमन गर्न सक्नुहुन्न’ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै भने ।
कश्मीरका अन्य स्थानहरू तथा भारतका शिया मुस्लिमहरूको उल्लेख्य बसोबास रहेका क्षेत्रमा पनि यस्तै प्रदर्शन भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण