मध्यपूर्वको तनावप्रति बोल्यो नेपाल सरकार
सारांश
- नेपाल सरकारले मध्यपूर्वको पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
- परराष्ट्र मन्त्रालयले संयमता अपनाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
- नेपालले कूटनीति र संवादको माध्यमबाट विवाद समाधान गर्नुपर्नेमा जोड दिएको छ।
काठमाडौं । नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै त्यहाँको वस्तुस्थितिलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले मध्यपूर्वमा तनाव थप बढ्न नदिन र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न अपिल समेत गरेको छ । नेपालले कुनै पनि प्रकारका मतभेद र विवादहरूलाई कूटनीति र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड समेत दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप सबै राष्ट्रको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरिनुपर्छ भन्नेमा नेपाल जोड दिन्छ ।’
साथै, नेपालले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पालना हुनुपर्ने र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्ने दायित्वलाई सबैले निर्वाह गर्नुपर्ने आफ्नो धारणा सार्वजनिक गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण