दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई हरायो, सेमिफाइनलमा स्थान सुरक्षित
नयाँ दिल्ली । दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा आफ्नो अन्तिम सुपर–८ खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराएको छ ।
यस जितसँगै दक्षिण अफ्रिका ग्रुप–१ को अंक तालिकामा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब दक्षिण अफ्रिकाले मार्च ४ मा कोलकातामा न्युजिल्यान्डविरुद्ध पहिलो सेमिफाइनल खेल्नेछ ।
आइतबार नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा भएको दिनको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको थियो । जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले १७.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य सफलतापूर्वक पछ्यायो ।
दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४२ रन बनाए । जिम्बाब्वेका सिकन्दर रज्जाले ३ विकेट लिएका थिए र ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७३ रनको पारी खेले । तर उनको यो अलराउन्ड प्रदर्शन पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण