‘रास्वपासँग मिल्न जानु गल्ती भयो’
सारांश
- कुलमान घिसिङ उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका छन् र काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन्।
- घिसिङले रास्वपासँगको एकता गलत भएको स्वीकार गर्दै, पार्टी जुर्मुराइरहेको र निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी गरे।
- उनले प्रधानमन्त्री बन्ने सम्भावनाबारे संसदीय व्यवस्था र चुनावपछिको समीकरणलाई आधार मानेका छन्।
काठमाडौं । देशमा लोडसेडिङ हटाउने कार्यको नेतृत्व कुलमान घिसिङ राजनीतिक यात्रामा निस्किएका छन् । आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् ।
पार्टी गठन गरेको केही समयमै देशव्यापी रूपमा राम्रैसँग संगठन बिस्तार गर्न सफल भएको उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच एकता भएको थियो । तर १२ दिनमै दुई पार्टी छुट्टिन पुगे । रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा कुराकानीका क्रममा घिसिङले रास्वपासँग एकतामा जानु गलत निर्णय भएको बताए ।
‘रास्वपासँग एकता गर्ने भनेर जुन सहमति गर्यौँ, त्यही नै गल्ती थियो भन्ने मैले महसुस गरेको छु । देशको परिस्थिति, जनताको भावना र जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै हामीले कुनै पदको बार्गेनिङ नगरीकन स्वच्छ मनले एकता गरेका थियौँ,’ घिसिङ भन्छन्, ‘एउटा नयाँ र सशक्त शक्ति बनोस् भन्ने हाम्रो सदाशयता थियो । तर उहाँहरूले त्यसलाई कमजोरीको रूपमा लिनुभयो र बिचमै सहमति तोड्नुभयो ।‘ तर पनि आफ्नो पार्टी जुर्मुराएर उठिरहेको र निर्वाचनमा राम्रै सिट जित्ने दाबी उनी गर्छन् ।
घिसिङलाई अर्को प्रश्न सोधियो- तपाईंले कुनै सन्दर्भमा प्रधानमन्त्री हाम्रै पार्टीबाट पनि बन्न सक्छ भन्नुभएको थियो । यसको आधार के ?
‘नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री बन्न कुनै एउटा दलको स्पष्ट बहुमत नै चाहिन्छ भन्ने छैन । विगतमा पनि तेस्रो ठुलो दलबाट प्रधानमन्त्री बनेको अभ्यास छ,’ उनी आधार देखाउने प्रयास गर्छन्, ‘अहिलेको परिस्थितिमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना छैन । चुनावपछि बन्ने समीकरणमा सबैको सम्भावना रहन्छ । त्यही आधारमा मैले उज्यालो नेपालले पनि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना रहेको बताएको हुँ ।‘
‘टक फर्वार्ड’मा पूर्व ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक समेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङसँग चुनाव र राजनीतिमा केन्द्रित रहेर गरिएको कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : मनोज खड्का, आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण