सेमिफाइनलका लागि वेस्ट इन्डिजले भारतलाई दियो १९६ रनको चुनौती
आइतबार, १७ फागुन २०८२, २१ : १५
कोलकाता । टी– विश्वकपको सेमिफाइनलमा स्थान बनाउनका लागि भारतलाई वेस्ट इन्डिजले १९६ रनको चुनौती दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको छ । वेस्ट इन्डिजका लागि रोस्टन चेजले ४० रन बनाए भने जेसन होल्डर ३७ रनमा अविजित रहे ।
एक समय १५ ओभरमा १२५–४ को स्थितिमा रहेको क्यारेबियन टोलीले अन्तिम ५ ओभरमा तीव्र गतिमा रन बटुल्न सफल भयो ।
टोलीले अन्तिम ५ ओभरमा ७० रन जोड्दै विशाल योगफल खडा गरेको हो ।
रोभमन पावेल र जेसन होल्डरले पाँचौं विकेटका लागि ३५ बलमा अविजित ७६ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । त्यसअघि कप्तान शाई होप र रोस्टन चेजले ५३ बलमा ६८ रनको साझेदारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण