‘लालिमा’मा यौनकर्मीको कथा
सारांश
- निर्वाचनका कारण फिल्मी गतिविधि कम हुँदा 'लालिमा' ले प्रचार रिलिजलाई निरन्तरता दिइरहेको छ।
- 'लालिमा' फिल्मको ट्रेलर सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङमा परेको छ।
- फिल्मले यौनकर्मीहरूको जीवनका उतारचढाव र उनीहरूको मानसिक समस्यालाई पर्दामा देखाउने लक्ष्य लिएको छ।
काठमाडौँ । निर्वाचनका कारण फिल्मी गतिविधि शून्य जस्तै बन्दा फिल्म ‘लालिमा’ भने कहिले प्रेस मिट गर्ने र कहिले ट्रेलर रिलिज गर्दै गतिविधि बढाइरहेको छ । निर्वाचन लगतै फिल्मको रिलिज भएकोले अहिले प्रचारका गतिविधिबाट पछि हट्न नमिल्ने निर्माण पक्षको धारणा छ ।
यस्तैमा निर्माण युनिटले फिल्मको ट्रेलर समेत सार्वजनिक गरेको थियो । शनिबार सार्वजनिक ट्रेलरले चौबीस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङमा अटाउन सफल भएको छ ।
फिल्मका लेखक तथा निर्देशक रोशन मिराज यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत उजागर गर्ने उद्देश्यले फिल्म बनाएको बताउँछन् । अहिलेसम्म फिल्म पर्दा मार्फत बाहिर नआएको कथा फिल्ममा रहेको उनको भनाई छ ।
फिल्ममा अभिनेत्री रोश्नी कार्की शीर्ष भूमिमामा छिन् । जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको समेत मुख्य भूमिका रहेको फिल्म अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउँदैछ ।
प्रचार सामाग्रीमा पनि रोश्नीलाई केन्द्र भागमा राखिएको छ । उनी फिल्ममा यौनकर्मीको चरित्रमा देखिएकी छन् ।
यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा फिल्म बनेको हो ।
नायिका रोश्नी भन्छिन्, ‘हाम्रो फिल्मले देखाउने खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ ।’
अर्की नायिका उषा रजक फरक क्षमताकी (बोल्न नसक्ने) महिलाको भूमिकामा देखिएकी छन् । उनको भूमिका दर्शकलाई रोचक लाग्न सक्छ । फिल्ममा ‘लालिमा’की आमाको भूमिकामा उषा रहेको निर्माण पक्षले बताएको छ ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण