रुपन्देही–२ मा कांग्रेसलाई समर्थन गर्ने भन्ने समाचारमा सत्यता छैन : राप्रपा
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने समाचारको खण्डन गरेको छ।
- पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै समाचारमा सत्यता नभएको बताएका हुन्।
- राप्रपाले निर्वाचनमा कसैलाई समर्थन नगर्ने र पार्टी नीति विपरीत काम गर्नेलाई कारबाही गर्ने जनाएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही क्षेत्र नम्बर २ मा आफ्नो पार्टीले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सोमबार सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ती समाचारमा सत्यता नभएको बताएका हुन् ।
राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको बताउँदै उनले पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्ने समेत बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ : ‘रुपन्देही क्षेत्र नम्बर २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता छैन । राप्रपाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन ।’
सो पार्टीले प्राविधिक रूपमा राप्रपाको उम्मेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पङ्क्ति र मतदातालाई आग्रह समेत गरेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण