अन्य पार्टीका ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको कांग्रेसको दाबी
सोमबार, १८ फागुन २०८२, १७ : २३
सारांश
- नेपाली कांग्रेसले चुनावी अभियानमा अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गराएको छ।
- प्रवक्ता देवराज चालिसेले पार्टी छोडेका अधिकांश नेता कार्यकर्ता पनि घर फर्किएको जानकारी दिए।
- कांग्रेसले निर्वाचनको निष्पक्षताको विषयमा सरकारको कामलाई गहिरो रूपमा अध्ययन गरिरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता देवराज चालिसेले यसअघि पार्टी छोडेका अधिकांश नेता कार्यकर्ता पनि घर फर्किएको जानकारी दिएका हुन् ।
‘नेपाली कांग्रेसमा अन्य पार्टीका ५ हजार ८५३ नेता कार्यकर्ता अरू पार्टीका नेता पार्टी प्रवेश गर्नुभएको छ,’ प्रवक्ता चालिसेले भने, ‘यसअघि पार्टी छोड्नु भएका नेता कार्यकर्ता घर फर्क अभियान अन्तर्गत अधिकांश फर्किसक्नुभएको छ ।’
प्रवक्ता चालिसेले निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा कांग्रेसले अध्ययन गरिरहेको जानकारी दिए । उनले निर्वाचनलाई प्रभाव पार्ने कार्यप्रति कांग्रेस सचेत रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण