बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘गरिबी, बेरोजगारी र विभेदरहित रुकुम बनाउने सपना छ’

सोमबार, १८ फागुन २०८२, १९ : ५९
सोमबार, १८ फागुन २०८२

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता जनार्दन शर्माले गरिबी, बेरोजगारी र विभेदरहित रुकुम बनाउने आफ्नो सपना रहेको बताएका छन् । सोमबार एक भिडियो सन्देश जारी गर्दै नेता शर्माले यस्तो बताएका हुन्। 

उनले समग्र रुकुमलाई सामाजिक न्यायमा आधारित समुन्नत समाज निर्माण गर्ने ध्येयका साथ आफू प्रतिनिधि सभा निर्वाचनमा होमिएको समेत बताए । 

चुनाव व्यक्ति छान्ने कुरा नभएको समेत उनले बताए । उनले भने,‘फागुन २१ गतेको चुनाव व्यक्ति छान्ने कुरा मात्रै होइन,समृद्धिलाई जिताउने कि अरूलाई, विकासलाई जिताउने कि अरूलाई, सामाजिक न्यायलाई जिताउने कि अरूलाई भन्ने विषय पनि हो ।’

विगतमा आफूले नीति निर्माणको तहमा काम गरेको भन्दै यस पटक पनि शैक्षिक लगायत आम जनताका समस्या समाधान गर्न सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । 

साथै उनले राष्ट्रिय सङ्कट समाधान गर्न एवं जिल्लाको विकास र समृद्धिको लागि फेरि आफूलाई आँखा चुनाव चिह्नमा  अमूल्य मत दिएर विजयी गराउन आग्रह गरे । 

पुरानो विचार र कार्यशैलीले समृद्धिको सपना पुरा नहुने समेत उनले बताए । सहिदको सपना र जनताको आकाङ्क्षालाई केन्द्र राखेर प्रलोपा मार्फत नयाँ राजनीतिक यात्रा प्रारम्भ गरिएको समेत नेता शर्माले बताए । 

मुलुक नयाँ राजनीतिक मोडतर्फ अघि बढेको उल्लेख गर्दै परिवर्तनले जनतामा गुणात्मक सुधार ल्याउन नसकिएको बताए। आगामी बिहीबार प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप