बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतका सबै बहस लाईभ गरौंः सांसद भट्टराई

बिहीबार, १० साउन २०७५, १५ : ५२
बिहीबार, १० साउन २०७५

काठमाडौं–नेकपाका सांसद योगेश भट्टराईले अदालतका सबै बेञ्च र बहस लाइभ गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतका प्रधान न्यायाधीश नियुक्तिका लागि संसदको सुनुवाई समितिमा बोल्दै भट्टराइले अदालतका काम कारवाहीलाई पारदर्शी बनाउन र अदालतभित्र लोकतान्त्रिक अभ्यासका लागि यो विधि अप्नाउन सुझाव दिएका हुन् । 

समितिको बैठकमा प्रधानन्याधीशका लागि दीपकराज जोशीमाथिको सुनुवाईबारे बोल्दै सांसद भट्टराईले अदालतमा विचौलियाको विग्विगी रहेको बताए । उनले अदालतले विचौलियालाई निषेध गर्नु पर्ने कुरामा समेत जोड दिए ।

सांसद भट्टराईले सर्वोच्च अदालतमा देखिने गरी १२ करोड वैदेशिक लगानी भएको दाबी गर्दै विगत १० वर्षमा कति पैसा आयो सार्वजनिक गर्न आग्रह समेत गरे ।

उनले भने, ‘विगत १० वर्षमा कति वैदेशिक लगानी आयो ? त्यो के–केमा खर्च भयो ? त्यसको प्रतिवेदन आओस् भन्न चाहान्छु । कतै न्यायाधीश बस्ने कुर्सीको पछाडि विदेशी संस्थाको लोगो त छैन ? यस्तो हुनु राम्रो विषय होइन ।’ 

सांसद भट्टराईले कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई उनले फैसला गरेको हाडिगाउँ र बालुवाटारको सरकारी जग्गाको मुद्दाको विवादबारे प्रश्न समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप