शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

'आबाट आमा'ले बक्सअफिसमा कति कमायो ?

मङ्गलबार, १९ फागुन २०८२, १० : २५
मङ्गलबार, १९ फागुन २०८२

काठमाडौँ । फिल्म ‘आबाट आमा’ले बक्सअफिसमा १२ करोड बढीको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो साताको बक्सअफिस रिपोटमा फिल्मको कुल आम्दानी १२ करोड २३ लाख ३८ हजार ८२९ ग्रस कलेक्सन रहेको छ ।

यो अवधिमा फिल्मको टिकट ४ लाख ६१ हजार ५७३ वटा बिक्री भएको छ । माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्मले आमा बुबा र छोराबिचको सम्बन्धको कथा उठाएको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा छ । फिल्ममा बिपना थापा,पल शाह,प्रदीप रावत (गजनी भिलेन)का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित विष्ट,बेगम नेपाली,रचना गौतम लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप