गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछाप जिप दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
- रामेछापको सिरुबारीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भयो भने ७ जना घाइते भए, उनीहरूको उपचार भइरहेको छ।
- दुर्घटनामा परी नेपाल प्रहरीका असई परशुराम यादवको निधन भयो, निर्वाचन सामग्री लिएर जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको जिप दुर्घटनाका घाइतेलाई भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको बस दुर्घटना हुँदा मृत्यु एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।
घाइतेहरूको उद्धार गरेर अहिले छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने बताए । गृहमन्त्रीका साथमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीहरू पनि अस्पताल पुगेका थिए ।
छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायक रथी डा.नम्रता महराका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्षा (आइसियु) मा उपचार भइरहेको छ ।
बाँकी ६ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत रहेका छन् । घाइतेमध्ये चार महिला र तीन पुरुष छन् ।
मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) परशुराम यादवको घटनास्थलमै दुःखद निधन भएको प्रहरीले जनाएको छ । उक्त गाडीमा ११ जना सवार रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण