बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कामु प्रधानन्यायाधीश जोशीले सांसदहरुलाई ‘साथी’  भनेपछि...

बिहीबार, १० साउन २०७५, १६ : ३९
बिहीबार, १० साउन २०७५

काठमाडौं– सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि सिफारिस भएका कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशी र सांसदहरुबीच रमाइलो घोचपेच भएको छ । 

बिहीबारबाट भएको संसदीय सुनुवाईमा सांसदहरुले जोशीलाई उनीमाथि लागेका विभिन्न आरोपहरुबारे प्रश्न सोधने र जवाफ दिने क्रममा यस्तो घोचपेच भएको हो । 

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा जोशीले सांसदहरुलाई ‘साथीहरु’ भनेर सम्बोधन गरे । जोशीले सांसदहरुलाई साथी भनेर सम्बोधन गरेपछि केही क्षणमै समितिका कर्मचारीले उक्त शव्द समितिको रेकर्डबाट हटाए । 

प्रस्तावित प्रधानन्यायाधीश जोशीले साथीहरु भनेर सम्बोधन गरेपछि नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङले तत्कालै आपत्ति जनाएका थिए । गुरुङले भने, ‘साथीहरु भनेर कसलाई भन्नुभएको हो ? हामी जननिर्वाचित सांसद हौं। साथी शव्द फिर्ता लिएर माननीय भनेर सम्बोधन गर्न आग्रह गर्छु ।’

तर, जोशीले उक्त शब्द फिर्ता लिन चाहेनन् । सांसद गुरुङको सो प्रश्नको जवाफ दिदै जोशीले भने, ‘आफू पनि माननीय भएकोले माननीय सांसदहरुलाई साथीहरू भनेको हुँ । आफू माननीय नभएको भए कसरी साथीहरू भन्न सक्थेँ र ?’

सांसद गुरुङको आपत्तिपछि समितिका सभापति लक्ष्मणलाल कर्णले साथी शब्द हटाउन निर्देशन दिएका थिए । 

संसदीय सुनुवाइका क्रममा जतिसुकै ठूलो मर्यादाको व्यक्ति भएपनि सांसदहरुलाई ‘माननीय’ भनेर सम्बोधन गर्नुपर्ने हुन्छ । 

यसैबीच समितिको शुक्रबार बस्ने बैठकले प्रधानन्यायाधीशबारे निर्णय गर्ने सभापति कर्णले जानकारी दिए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप