कामु प्रधानन्यायाधीश जोशीले सांसदहरुलाई ‘साथी’ भनेपछि...
काठमाडौं– सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि सिफारिस भएका कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशी र सांसदहरुबीच रमाइलो घोचपेच भएको छ ।
बिहीबारबाट भएको संसदीय सुनुवाईमा सांसदहरुले जोशीलाई उनीमाथि लागेका विभिन्न आरोपहरुबारे प्रश्न सोधने र जवाफ दिने क्रममा यस्तो घोचपेच भएको हो ।
सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा जोशीले सांसदहरुलाई ‘साथीहरु’ भनेर सम्बोधन गरे । जोशीले सांसदहरुलाई साथी भनेर सम्बोधन गरेपछि केही क्षणमै समितिका कर्मचारीले उक्त शव्द समितिको रेकर्डबाट हटाए ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीले साथीहरु भनेर सम्बोधन गरेपछि नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङले तत्कालै आपत्ति जनाएका थिए । गुरुङले भने, ‘साथीहरु भनेर कसलाई भन्नुभएको हो ? हामी जननिर्वाचित सांसद हौं। साथी शव्द फिर्ता लिएर माननीय भनेर सम्बोधन गर्न आग्रह गर्छु ।’
तर, जोशीले उक्त शब्द फिर्ता लिन चाहेनन् । सांसद गुरुङको सो प्रश्नको जवाफ दिदै जोशीले भने, ‘आफू पनि माननीय भएकोले माननीय सांसदहरुलाई साथीहरू भनेको हुँ । आफू माननीय नभएको भए कसरी साथीहरू भन्न सक्थेँ र ?’
सांसद गुरुङको आपत्तिपछि समितिका सभापति लक्ष्मणलाल कर्णले साथी शब्द हटाउन निर्देशन दिएका थिए ।
संसदीय सुनुवाइका क्रममा जतिसुकै ठूलो मर्यादाको व्यक्ति भएपनि सांसदहरुलाई ‘माननीय’ भनेर सम्बोधन गर्नुपर्ने हुन्छ ।
यसैबीच समितिको शुक्रबार बस्ने बैठकले प्रधानन्यायाधीशबारे निर्णय गर्ने सभापति कर्णले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण