आफ्ना नागरिकलाई मध्यपूर्व छाड्न अमेरिकाको आग्रह
वासिङटन डीसी । अमेरिकी विदेश मन्त्रालयले गम्भीर सुरक्षा जोखिम देखाउँदै आफ्ना नागरिकलाई मध्यपूर्व छाड्न आग्रह गरेको छ ।
मन्त्रालयले उपलब्ध व्यावसायिक उडान प्रयोग गरेर क्षेत्रबाट बाहिरिन अमेरिकीहरूलाई आह्वान गरेको हो । यस चेतावनीमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन् ।
तर क्षेत्रबाट बाहिरिन खोज्ने नागरिकका लागि सीमित उडान ठूलो चुनौती बनेको छ । फ्लाइटअवेरका अनुसार मंगलबार बिहानसम्म हजारभन्दा बढी उडान रद्द भइसकेका छन् । आइतबार र सोमबार पनि हजारौँ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए । इजरायलस्थित अमेरिकी राजदूत माइक हकबीले अमेरिकन नागरिकसँग देश छाड्ने विकल्प अत्यन्त सीमित भएको बताएका छन् । उनले अमेरिकी दूतावास हाल नागरिकलाई उद्धार गर्न वा प्रत्यक्ष सहयोग गर्न सक्ने अवस्थामा नरहेको चेतावनी दिएका छन् ।
क्षेत्रबाहिरका एयरलाइन्सहरूले पनि द्वन्द्व क्षेत्र नजिक उड्ने उडानहरू रद्द वा मार्ग परिवर्तन गरिरहेका छन् । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार २४ का नक्साअनुसार मंगलबार बिहान संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, इजरायल, बहराइन, इराक र जोर्डनको आकाश लगभग खाली देखिएको थियो ।
सोमबार राति संयुक्त अरब इमिरेट्सबाट केही सीमित उडान उडे पनि भारतबाट दुबईतर्फ गइरहेको कम्तीमा एउटा उडान बिचमै फर्कन बाध्य भएको बताइएको छ । यसैबिच क्यानडा, बेलायत र अष्ट्रेलियालगायत अन्य देशहरूले पनि आफ्ना नागरिकलाई उक्त क्षेत्रमा यात्रा नगर्न वा सकेसम्म छाड्न सल्लाह दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण