निर्वाचनको दिन आन्तरिक उडान नियमित, अन्तर्राष्ट्रिय उडान आंशिक
मङ्गलबार, १९ फागुन २०८२, २० : ४७
काठमाडौँ । निर्वाचनको दिन आन्तरिक उडानहरू नियमित रूपमा सञ्चालन हुने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मंगलबार सूचना जारी गर्दै फागुन २१ गते बिहीबार हुने निर्वाचनका दिन उडान व्यवस्थापनबारे जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार सो दिन देशभर आवश्यकताअनुसार सबै प्रकारका आन्तरिक उडानहरू सञ्चालन हुनेछन् । यस्तै अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य रूपमा सञ्चालन हुने जनाइएको छ ।
मध्य–पूर्व गन्तव्यका उडानहरू भने सम्बन्धित देशको निर्णय तथा गन्तव्य विमानस्थलको अवस्थाका आधारमा सम्बन्धित वायुसेवा कम्पनीको उडान तालिकाअनुसार सञ्चालन हुने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले सम्पूर्ण सरोकारवालालाई उक्त व्यवस्थाबारे जानकारी गराउँदै उडान तालिकासम्बन्धी थप विवरणका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण