बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘आमा’को भूमिकाबारे उषा रजक–दर्शकको चाहना यही थियो

बुधबार, २० फागुन २०८२, ०९ : १७
बुधबार, २० फागुन २०८२

सारांश

  • अभिनेत्री उषा रजकले फिल्म 'लालिमा' मा आमाको भूमिका निर्वाह गर्नु दर्शकको चाहना भएको बताइन्।
  • रोशनी कार्कीले 'लालिमा' मा शीर्षक भूमिका निर्वाह गरेकी छिन्, जहाँ उनले यौनकर्मीको भूमिका निभाएकी छिन्।
  • 'लालिमा' फागुन २९ गते प्रदर्शनमा आउनेछ, जसलाई रोशन मिराजले लेखेका र निर्देशन गरेका हुन्।

काठमाडौँ । अभिनेत्री उषा रजकले फिल्म ‘लालिमा’ मा आफूले आमाको भूमिका निर्वाह गर्नु आफ्नो रहर मात्र नभएर दर्शकको चाहना भएको बताएकी छन् । सामाजिक सञ्जालमा प्रशंसकहरूले अब उमेर सुहाउँदो भूमिका गर्नुहोस् भनेर दिएको प्रतिक्रियाका कारण आफूले यस्तो पात्र रोजेको उनको भनाइ छ ।

‘फिल्ममा मेरो आमाको भूमिका छ, त्यो पनि बोल्न नसक्ने (फरक क्षमता भएकी) पात्र’, उनले भनिन्, ‘मैले आफ्नो दुई दशक लामो अभिनय यात्रामा यस्तो भूमिका कहिल्यै निर्वाह गरेकी थिइनँ । त्यसैले यो मेरा लागि एउटा चुनौती पनि हो ।’ प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको रूपमा देखिने उषाले आमाको भूमिकाबाट फिल्म करिअरकै भिन्न अनुभव लिएको सुनाइन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मकी अर्की नायिका रोशनी कार्कीले पनि ‘लालिमा’ मा काम गर्दाको भिन्न अनुभव साटेकी छन् । फागुन २९ गते प्रदर्शनमा आउने यस फिल्ममा रोशनीले शीर्षक भूमिका (लालिमा) निर्वाह गरेकी छन् । फिल्मको नाम नै पात्रको नामबाट राखिएकाले आफूमा थप जिम्मेवारी महसुस भएको उनले बताइन् ।

‘शीर्ष भूमिकाको प्रस्ताव आउँदा मलाई चुनौती र डर दुवै लागेको थियो । सिङ्गो फिल्म आफ्नै काँधमा लिएर हिँड्न सक्छु कि सक्दिनँ भन्ने संशय थियो’, उनले भनिन् । फिल्ममा उनले एक यौनकर्मीको भूमिका निर्वाह गरेकी छन् ।

रोशन मिराजको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा उषा र रोशनीका अलवा जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको मुख्य भूमिका छ ।

‘फेथ आस्था’को प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मलाई नेसनल सिने ग्रुप नेपालले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप