बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बमसहित नेकपा उम्मेदवार चौधरी पक्राउ, विस्फोटक पदार्थ सम्बन्धी कसुरसहित तीन मुद्दामा अनुसन्धान सुरु

बुधबार, २० फागुन २०८२, १० : ११
बुधबार, २० फागुन २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी बम सहित पक्राउ परेका छन्।
  • पर्सागढी नगरपालिकामा चौधरी सवार गाडीमा बम फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
  • प्रहरीले चौधरीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

वीरगन्ज । बमसहित नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।  बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको हो । आयोजित पत्रकार सम्मेलन प्रहरी प्रमुख पाठकले उम्मेदवार चौधरी राति हिँडेको गाडीमा होक्सी बम भेटिएको बताए । 

चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटियो, हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ, उनले भने ।  चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनालाई समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । 

यद्यपि, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ । उम्मेदवार चौधरी सवार बा १० च  १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ । 

चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप