कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई प्रश्न : अन्तिम समयमा उम्मेदवारी खारेज किन ?
सारांश
- निर्वाचन आयोगले कालोसूचीमा परेका उम्मेदवारलाई कानुन अनुसार खारेज गरेको स्पष्ट पारेको छ।
- उम्मेदवारले विवरण लुकाए छानबिन हुने र कालोसूचीमा परे उम्मेदवारी खारेज हुने आयोगले जनायो।
- आयोगले निर्वाचन कसुर तथा सजाय ऐन अनुसार काम गर्ने र नगद कारोबारमा शून्य सहनशीलता अपनाउने जनाएको छ।
काठमाडाैँ । निर्वाचन आयोगले कालोसूचीमा परेका उम्मेदवारलाई कानुनका आधारमा खारेज गरिएको प्रस्ट पारेको छ । आयोगले बुधबार विशेष पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीलगायतका सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन् ।
‘उम्मेदवारहरूले मनोनयपत्र दाखिला गर्दा व्यक्तिगत विवरणसहित स्वघोषणा गर्नुपर्ने व्यवस्था छ’, भण्डारीले भने, ‘त्यसो गर्दा बेहोरा लुकाएर लेख्नुभएको खण्डमा छानबिनको विषय बन्छ भनेकै थियौ । जसको उम्मेदवारी खारेज भयो उहाँको सन्दर्भमा उजुरी परेपछि चिठी आदान प्रदान र छानबिन गर्दा कालोसूचीमा परेको उम्मेदवारको हकमा उम्मेदवारी कायम रहँदैन भने निर्णय गरिएको हो ।’
उनले त्यस्ता उम्मेदवारलाई समय दिँदा समेत बस्तुगत प्रमाण पेस गर्न नसकेको अवस्थामा खारेज गर्नुको विकल्प नभएको बताए । पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पक्राउ परेका उम्मेदवारका हकमा निर्वाचन आचारसंहिताबाहेक निर्वाचन कसुर ऐनको समेत व्यवस्था अनुसार आयोग अघि बढ्ने बताए ।
‘निर्वाचन आयोगले निर्वाचन कसुर तथा सजाय ऐनलाई सम्बोधन गर्छ’, भण्डारीले भने, ‘त्यस सम्बन्धमा कतिपय विषयमा आयोगले निर्णय गर्न सक्छ । कतिपयमा मुख्य निर्वाचन अधिकृत र मतदान ले निर्णय गर्न सक्छ भने कतिपय प्रहरीले समेत निर्णय गर्न सक्छ ।’
क्षेत्राधिकारबारे हिजोबाट प्रवेश गरेका विषयमा किनारामा पुग्ने आयोगले जनाएको छ । आयोगले नगद कारोबारका सवालमा आयोग शून्य सहनशीलताको नीति कार्यान्वयन गर्ने पनि जनाएको छ ।
कालोसूचीमा परेका धनुषा १ का किशोरी साह कमलको उम्मेदवारी खारेज भएको थियो । उनी रास्वपाका उम्मेदवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण