श्रीलङ्काद्वारा इरानी लडाकु जहाजबाट ३२ जनाको उद्धार
काेलम्बाे । श्रीलङ्काले इरानी “फ्रिगेट आइरिस डेना” जहाजमा मा सवार ३२ जना चालक दलका सदस्यलाई घाइते अवस्थामा उद्धार गरेको विदेश मन्त्री विजिथा हेराथले बताएका छन् । दुर्घटनाको कारण हालसम्म थाहा नभएको उल्लेख गर्दै हेराथले घाइतेलाई उपचारका लागि अस्पतालमा लगिएको जनाएका छन् ।
यसअघि १८० जना चालक दलका सदस्यहरु सङ्कटमा परेको सूचना जारी गरिएको जनाइएको छ । श्रीलङ्का रक्षा मन्त्रालयले टापुबाट करिब ४० किलोमिटर दक्षिणमा दुर्घटना ग्रस्त आइआरआइएस डेनाका अन्य चालक दलका सदस्यहरूको खोजी गरिरहेको बताएको छ ।
अधिकारीहरुलाई उदृत गर्दै एएफपीले खोजी कार्य जारी रहेता पनि बाँकी सदस्यहरूको जिवित भेटिने सम्भावना न्युन रहेको जनाएको छ । उद्धार कार्यका लागि श्रीलङ्काली सेनाका दुइ वटा जहाज तैनाथ गरिएको हेराथले बताउनु भएको छ ।
श्रीलङ्काको समुद्री दायित्व अनुरूप उनीहरुको उद्धार गरी उपचारका लागि अस्पतालमा लगिएको सेनाकी प्रवक्ता बुद्धिका सम्पथले बताउनु भएको छ । हिन्द महासागरमा श्रीलङ्काको खोजी र उद्धार क्षेत्र भित्र रहेकाले अन्तर्राष्ट्रिय दायित्व अन्तर्गत संकटको आह्वानलाई सम्बोधन गरेको सम्पथलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
श्रीलङ्काको सेना र वायुसेना दुवैले उद्धारको फुटेज जारी नगरेको बताएका छन् भने घाइते इरानीहरूलाई उपचारको लागि ल्याइएको कारण प्रहरीले गाले अस्पताल परिसरमा सुरक्षा निगरानी बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण