सुर्खेत विमानस्थलमा श्री एयरको जहाजको टायर पङ्चर
बुधबार, २० फागुन २०८२, १७ : ३९
सारांश
- सुर्खेत विमानस्थलमा श्री एयरको जहाज अवतरण गर्ने क्रममा टायर पड्कियो।
- टायर पछाडिको बायाँतर्फको पड्किएको र यात्रुहरु सकुशल छन्।
- घटनापछि सुर्खेत-काठमाडौँको उडान रद्द गरियो र मर्मत भइरहेको छ।
सुर्खेत । सुर्खेत विमानस्थलमा श्री एयरको जहाज आज दिउँसो अवतरण गर्ने क्रममा टायर पङ्चर भएको छ । 9N-AOL कल साइन भएको जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पङ्चर भएको हो ।
सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेका अनुसार पङ्चर भएको टायर पछाडिको बायाँ तर्फको हो । ‘अन्य त्यस्तो कुनै क्षति भएन,’ उनले भने, ‘सबै यात्रुहरू सकुशल बाहिरिएका छन्।’
हाल विमान पार्किङ बेमा राखेर मर्मत सम्भार भइरहेको पनि उनले बताए । घटनापछि सुर्खेत–काठमाडौँ निर्धारित उडान भने रद्द गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण