श्रीलंका नजिक इरानी युद्धपोतमा पनडुब्बी हमला, दर्जनौँ घाइते र बेपत्ता
सारांश
- श्रीलंकाको तटमा इरानी युद्धपोतमा पनडुब्बी हमला हुँदा केही शव फेला परेका छन्, जसमा ३२ जना घाइते भएका छन् र धेरै बेपत्ता छन्।
- इरानले नयाँ सर्वोच्च नेता चयन गरेको दाबी गरेको छ, तर इजरायलले नयाँ नेतालाई पनि समाप्त पार्ने चेतावनी दिएको छ।
- घटनापछि खोजी तथा उद्धार कार्य जारी छ र घाइतेहरूको उपचार भइरहेको छ।
कोलम्बो/तेहरान । अमेरिका, इजरायल र इरानबिच चलिरहेको युद्धको आज पाँचौँ दिन श्रीलंकाली तट नजिक एक इरानी युद्धपोतमा पनडुब्बीमार्फत हमला भएको छ ।
श्रीलंकाली नौसेनाका अनुसार जहाजबाट केही शवहरू फेला परेका छन् ।
यो हमलामा ३२ जना घाइते भएका छन् भने धेरै व्यक्ति बेपत्ता रहेको बताइएको छ । घटनापश्चात् समुद्रमा खोजी तथा उद्धार कार्य सञ्चालन भइरहेको छ। नौसेनाका प्रवक्ताका अनुसार घाइतेहरूलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ ।
सुरुमा नौसेनाले हमलापछि १०१ जना बेपत्ता र ७८ जना घाइते भएको जनाएको थियो । तर पछि प्रवक्ताले पहिले जारी गरिएका ती तथ्याङ्कहरू सही नभएको स्पष्ट पारेका छन्।
इरानमा नयाँ सर्वोच्च नेताको दाबी, इजरायलको चेतावनी
अर्कोतर्फ इरानले पूर्व सर्वोच्च नेता अली खामेनीका छोरा मुज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिसकेको दाबी गरेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि खामेनीको अन्त्येष्टिपछि मात्र हुनेछ ।
यता, इजरायलका रक्षामन्त्री इजरायल काट्जले अली खामेनीपछि इरानमा जोसुकै नयाँ नेता बने पनि उसलाई समाप्त पारिने चेतावनी दिएका छन् । काट्जले नाम वा स्थानले कुनै फरक नपर्ने, इजरायलले उसलाई खोजेरै पत्ता लगाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण