बुकायो साकाको निर्णायक गोलः ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमै कायमै
बिहीबार, २१ फागुन २०८२, ०३ : १९
सारांश
- बिहीबार भएको खेलमा आर्सनलले ब्राइटनलाई १-० गोलले पराजित गर्यो।
- आर्सनलका लागि बुकायो साकाले खेलको ९औं मिनेटमा निर्णायक गोल गरे।
- आर्सनल हालसम्म ३० खेलमा ६७ अंकसहित प्रिमियर लिगको शीर्ष स्थानमा छ।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा ब्राइटनलाई पराजित गर्दै आर्सनल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलले १–० गोलको कठिन जित दर्ता गरेको हो ।
आर्सनलको जितमा बुकायो साका नायक बने । उनले खेलको ९ औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । सुरुवाती अग्रता लिएको आर्सनलले खेलभर ब्राइटनलाई दबाबमा राखे पनि थप गोल भने गर्न सकेन ।
हालसम्म ३० खेल खेलेको आर्सनल ६७ अंकसहित प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण