प्रभु साहले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ०९ : ३४
सारांश
- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटको मौलापुर नगरपालिकामा मतदान गरे।
- उनले लोकतन्त्र सुदृढीकरणका लागि मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरे।
- साहले निर्वाचनलाई शान्तिपूर्ण बनाउन धन्यवाद दिँदै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरे।
रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
अध्यक्ष साहले बिहीबार बिहानै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबै मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे ।
उनले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई धन्यवाद दिँदै मतदातालाई ढुक्क भएर मतदान गर्न अपिलसमेत गरेका छन्। उनी रौतहट क्षेत्र नम्बर-३ मा उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण