इरानमाथि अमेरिका र इजरायलको आक्रमण संयुक्त राष्ट्रसंघीय बडापत्र विपरीत: राष्ट्रसंघ
सारांश
- संयुक्त राष्ट्रसंघको टोलीले इरानमा अमेरिका र इजरायलद्वारा गरिएका आक्रमणको निन्दा गरेको छ।
- आक्रमणमा बालबालिकाको मृत्यु भएको र इरानमा हजारौं मानिस पक्राउ परेका छन्, जसले जेलभित्रै यातना र मृत्युदण्डको सामना गरिरहेका छन्।
- राष्ट्रसंघले इरानमा भइरहेको मानवअधिकार उल्लंघनको अनुसन्धान गरिरहेको छ।
तेहरान । इरानमा भइरहेको मानवअधिकार उल्लंघनको अनुसन्धान गरिरहेको संयुक्त राष्ट्रसंघको स्वतन्त्र टोलीले अमेरिका र इजरायलद्वारा इरानमा गरिएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघीय नियोगले यी हमला र यसको जवाफमा इरानले क्षेत्रभरि गरेका प्रत्याक्रमणहरू संयुक्त राष्ट्रसंघीय बडापत्रको विरुद्धमा रहेको स्पष्ट पारेको हो ।
कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध बल प्रयोग गर्न नपाइने राष्ट्रसंघीय प्रावधानलाई यी सैन्य कारबाहीले उल्लंघन गरेको टोलीको ठहर छ। आक्रमणको पहिलो दिन शनिबार दक्षिण इरानको मिनाबस्थित शजरेह तय्येबाह छात्रा विद्यालयमा भएको बमबारीप्रति राष्ट्रसंघीय तथ्य-खोज मिसनले गहिरो स्तब्धता व्यक्त गरेको छ। उक्त आक्रमणमा ७ देखि १२ वर्ष उमेर समूहका १६० भन्दा बढी बालबालिका मारिएको प्रारम्भिक रिपोर्टहरूले देखाएका छन्।
इरानी जनता अहिले एकातिर हप्तौँसम्म लम्बिन सक्ने बाह्य सैन्य अभियान र अर्कोतिर आफ्नै सरकारको दमनकारी नीतिको दोहोरो चपेटामा परेको राष्ट्रसंघले उल्लेख गरेको छ।
इरानमा आर्थिक संकटलाई लिएर गत डिसेम्बर २८ देखि सुरु भएको आन्दोलनका क्रममा हजारौँ मानिसहरू पक्राउ परेका छन्, जसले जेलभित्रै यातना र मृत्युदण्डको सामना गरिरहेका छन्। राष्ट्रसंघीय टोलीका अनुसार अहिले भइरहेका हवाई आक्रमणले जेलमा रहेका ती प्रदर्शनकारीहरूको जीवन थप जोखिममा पारेको छ।
तेहरानस्थित कुख्यात एभिन कारागारमा रहेका एक बेलायती दम्पतीले विष्फोटका कारण जेलका भवनहरू हल्लिएको र झ्यालढोकामा क्षति पुगेको भन्दै आफ्नो असुरक्षाबारे जानकारी गराएका छन्।
मिसनले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित दर्जनौँ इरानी अधिकारीहरूको हत्यालाई अन्तर्राष्ट्रिय कानुनअनुसार न्याय दिने स्वीकार्य माध्यम नभएको टिप्पणी गरेको छ। इरानी सरकारको मानवअधिकार रेकर्ड खराब भए पनि बाह्य सैन्य शक्ति प्रयोग गरेर गरिने हत्या र सर्वसाधारणको ज्यान जाने गरी गरिने आक्रमणले कानुनी वैधता नपाउने राष्ट्रसंघको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण