इरान–इजरायल युद्धको सन्त्रास : दुबईमा फसेकी अभिनेत्री लारा बनिन् भावुक
सारांश
- दुबईमा युद्धको त्रास फैलिएपछि अभिनेत्री लारा दत्ताले आफ्नो अनुभव सुनाइन्, छोरीको सुरक्षाबारे चिन्ता व्यक्त गरिन्।
- इरानको आक्रमणपछि दुबईको जनजीवन प्रभावित भएको छ, हवाई क्षेत्र बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन्।
- लारा दत्ताले यूएई सरकारको प्रशंसा गर्दै छिट्टै मुम्बई फर्कन चाहेको बताइन् र विश्व शान्तिको कामना गरिन्।
दुबई । अमेरिका, इजरायल र इरानबिच चर्किएको भीषण युद्धको बाछिटाले खाडी मुलुक दुबईको जनजीवन पनि प्रभावित बनेको छ। यतिबेला आफ्नी छोरी सायरासँग दुबईमा रहेकी बलिउड अभिनेत्री लारा दत्ताले त्यहाँको तनावपूर्ण अवस्थाबारे आफ्नो अनुभव साट्दै भावुक बनेकी छिन्।
एक ब्राण्ड सुटिङका लागि दुबई पुगेकी लाराले फेब्रुअरी २८ को घटना सम्झँदै आकाशमा मिसाइल रोकिएको र फाइटर जेटहरूको गर्जनले आफूहरू निकै डराएको बताएकी छिन्। उनले सुटिङ गरिरहेकै बेला ठुला विष्फोटका आवाज सुनेपछि स्टुडियोबाट बाहिर भाग्नुपरेको र झ्यालढोका थर्कने गरी भएका विष्फोटले युद्धको भयावहता महसुस गराएको उल्लेख गरेकी छिन्।
अभिनेत्री लाराका अनुसार पछिल्ला केही दिन दुबईमा निकै तनावपूर्ण रहेका छन्। आफ्ना श्रीमान् महेश भूपति कामको सिलसिलामा बाहिर रहेकाले छोरीको सुरक्षालाई लिएर उनी थप चिन्तित देखिएकी छिन्।
यद्यपि, उनले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको प्रशंसा गर्दै त्यहाँ रहेका हरेक नागरिक र विदेशीलाई सुरक्षित महसुस गराउन सरकारले सराहनीय काम गरेको बताएकी छिन्। यस्तो संकटको समयमा पनि त्यहाँका सामान्य मानिसहरूले आफ्नो दैनिक काम नछोड्नुले आफूलाई अचम्मित पारेको उनको भनाइ छ।
लाराले भिडियो सन्देशमार्फत आफ्नो पीडा पोख्दै अब जतिसक्दो चाँडो मुम्बई फर्कन चाहेको बताएकी छिन्।
युद्धका कारण हवाई क्षेत्रमा परेको प्रभावले गर्दा सीमित उडान मात्र सञ्चालनमा रहेकाले उनी एमिरेट्स वा एतिहादको उडान कुरिरहेकी छिन्। विशेषगरी बालबालिकाहरू यस्तो डरलाग्दो वातावरणबाट बढी प्रभावित हुने भएकाले उनी छोरीलाई सुरक्षित स्थानमा लैजान आतुर छिन्। उनले कुनै पनि आम नागरिक डर र त्रासको छायामा बाँच्न नहुने भन्दै विश्व शान्तिका लागि कामना गरेकी छिन्।
दुबईमा पछिल्लो समय इरानले केही लक्षित निशानाहरूमा आक्रमण गरेपछि सुरक्षा सतर्कता उच्च पारिएको छ। हवाई क्षेत्र केही समयका लागि बन्द हुँदा हजारौँ यात्रुहरू अलपत्र परेका छन् भने क्षेत्रीय संघर्षले मध्यपूर्वको पर्यटन र व्यापारमा समेत ठूलो धक्का पुर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण