दोलखाको गोल्मेश्वर केन्द्रमा अझै सुरु भएन मतदान
बिहीबार, २१ फागुन २०८२, १२ : ३३
काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान अझै सुरु भएको छैन । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएपनि दलका कार्यकर्ताहरू आपसमा विवाद गरेर बसेका हुन् ।
मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । मतदान स्थलमा खटिएका दलका प्रतिनिधिहरूलाई प्रहरीले अहिले एकै ठाउँमा राखेको छ ।
मतदान गराउन निर्वाचन कार्यालयबाट खटिएका कर्मचारी तयार रहेपनि अझै मतदान सुरु नभएको निर्वाचन गराउन दोलखामा खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
उनले भने, ‘मतदान गर्ने वातावरण भएपनि राजनीतिक दलका कार्यकर्ताहरू आपसमा विवाद गरेर बसेको हुनाले मतदान सुरु हुन सकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण