बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६७ वर्षदेखि मतदान : १०२ वर्षीय पौडेलले १० औँ पटक गरे संसदीय निर्वाचनमा मतदान

बिहीबार, २१ फागुन २०८२, १५ : १५
बिहीबार, २१ फागुन २०८२

सारांश

  • हेटौँडाका १०२ वर्षीय टिकादत्त पौडेलले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि मतदान गरे।
  • पौडेलले २०१५ सालको पहिलो आम निर्वाचनदेखि अहिलेसम्मका हरेक निर्वाचनमा मतदान गर्दै आएका छन्।
  • ह्वील चियरको सहारामा मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरे, जसले युवा पुस्तालाई प्रेरणा दिएको छ।

काठमाडौँ । देशमा व्यवस्था फेरिए, शासक फेरिए, तर हेटौँडाका १०२ वर्षीय टिकादत्त पौडेलले मत हाल्न छोडेका छैनन् ।  वि.सं. २०१५ सालको पहिलो आम निर्वाचनदेखि आजसम्मका हरेक निर्वाचनमा सहभागी हुँदै आएका पौडेलले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उत्साहपूर्वक मतदान गरेका छन् । 

मङ्गलवार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित मतदान स्थलमा पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरे । ह्‌वील चियरको सहारामा मतदान केन्द्र पुगेका पौडेललाई देख्दा त्यहाँ उपस्थित अन्य मतदाता र सुरक्षाकर्मीहरू समेत अचम्मित देखिन्थे ।

२०१५ सालदेखि अहिलेसम्मको यात्रा

टिकादत्त पौडेलले नेपालको संसदीय इतिहासलाई नजिकबाट नियालेका छन् । उनले २०१५ सालमा भएको नेपालको पहिलो ऐतिहासिक निर्वाचनमा पहिलो पटक मतदान गरेका थिए । त्यसयता भएका कुल १० वटा संसदीय निर्वाचनमा उनले एक पटक पनि मतदान गर्न छुटाएका छैनन् ।

पौडेल केवल मतदाता मात्र होइनन् पञ्चायत कालमा बञ्चरो चुनाव चिन्ह लिएर उनले वडा सदस्यको उम्मेदवार बनेका थिए । १०२ वर्षको उमेरमा पनि मतदानका लागि देखाएको यो तत्परताले युवा पुस्तालाई ठुलो सन्देश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप