निर्वाचन बिथोल्न खोज्ने २४ जना पक्राउ
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने २४ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।
- निर्वाचन सुरक्षामा खलल पुर्याउन खोज्नेहरूलाई काठमाडौं उपत्यकासहित सातै प्रदेशबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
- प्रहरीले अनुमति बिना चलाइएका २ हजार ५ सय ९७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ, जसमा लुम्बिनी र काठमाडौं उपत्यका अग्रस्थानमा छन्।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशबाट निर्वाचन सुरक्षामा खलल पुर्याउन खोज्नेहरूलाई पक्राउ गरिएको हो।
यसरी पक्राउ पर्नेहरूमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७ जना रहेका छन् भने मधेश र सुदूरपश्चिमबाट ४–४ जना, कोशी र गण्डकीबाट ३–३ जना तथा काठमाडौँ उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशबाट १–१ जना रहेका छन्। निर्वाचनलाई भयरहित बनाउन र सुरक्षा चुनौतीको सामना गर्न प्रहरीले मतदानका दिन कडा निगरानी बढाएको थियो।
सुरक्षा व्यवस्थालाई थप कडा बनाउने क्रममा प्रहरीले अनुमति बिना चलाइएका २ हजार ५ सय ९७ वटा सवारी साधनहरूलाई पनि होल्ड गरेको छ। जसमा २ हजार ३ सय ५१ वटा दुई पाङ्ग्रे र २४६ वटा चार पाङ्ग्रे सवारी साधन रहेका छन्।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ८ सय ८७ र काठमाडौँ उपत्यकामा ८ सय ३० वटा सवारी साधन नियन्त्रणमा लिइएका छन्। यसैगरी, काठमाडौँ उपत्यकाका दुई स्थानसहित देशभरका १५ ठाउँमा शंकास्पद वस्तुहरू फेला परेका थिए। ती वस्तुहरूलाई सुरक्षित रूपमा डिस्पोज गर्न नेपाल प्रहरीले नेपाली सेनासँग आवश्यक समन्वय गरी निष्क्रिय पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण