सप्तरी–२ मा सीके राउतको भन्दा दोब्बर मतले रास्वपाका रामजीको अग्रता
राजविराज । प्रतिनिधि सभा अन्तर्गत सप्तरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले सुरुवाती मतगणनामै फराकिलो अग्रता लिएका छन् ।
रामजीले एक हजार ६९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले जम्मा ८२२ मत प्राप्त गरेका छन् । राउतको मतभन्दा दोब्बर बढी मतले रामजीले अग्रता लिएका हुन् ।
यहाँ जनता समाजवादी पार्टीका उमेश कुमार यादव ७७४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका रामकुमार यादव भने ८० मतसहित चौथो स्थानमा छन् ।
जनमत पार्टी छाडेर स्वामिमान पार्टी गठन गरेका मधेसका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले भने जम्मा ७९ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका सूर्यनाथ प्रसाद यादवले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार दासले २१ र नेकपा एमालेका मोहम्मद जियाउल रहमानले २० मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण