बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्लाही–४ मा गगन थापासँग अमरेशले बढाए अग्रता

शुक्रबार, २२ फागुन २०८२, २३ : ०१
शुक्रबार, २२ फागुन २०८२

सर्लाही । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहले फराकिलो मतान्तरले पछाडि पारेका छन् ।

अमरेश कुमार सिंह ६ हजार २६४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेस सभापति थापा ३ हजार ६७१ मतसहित दोस्रो स्थानमा छन् ।

यसअघिको मत परिणाम सार्वजनिक हुँदा एक हजार ९६६ मतले पछि परेका गगन थापा पछिल्लो मत परिणाम अनुसार दुई हजार ५९३ मतले पछि परेका हुन् ।

सर्लाही–४ मा नेकपा एमालेका अमनिश कुमार यादव ८९४ मतसहित तेस्रो स्थानमा छन् । यहाँ जनमत पार्टीका राकेश कुमार मिश्रले ३८२, नेपाली कम्युनिस्ट पार्टीका रजनिस रायले ३७७ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप