आ–आफ्नो निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारसँग पछि परे उपेन्द्र यादव र सीके राउत
राजविराज । प्रतिनिधि सभा निर्वाचनको जारी मत गणनामा मधेसवादी दलका दुई मुख्य नेता उपेन्द्र यादव र सीके राउत आ–आफ्नो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसँग पछि परेका छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रामजी यादवसँगको प्रतिस्पर्धामा पिछडिएका हुन् । यादवले २ हजार ७५५ मत प्राप्त गर्दा राउत एक हजार २२७ मतसहित दोस्रो स्थानमा छन् ।
यस क्षेत्रमा जसपा नेपालका उमेश कुमार यादवले एक हजार ४५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामकुमार यादव १३३ मतमा सीमित छन् ।
यस्तै सप्तरी क्षेत्र नम्बर ३ मा जसपा नेपालका उपेन्द्र यादव दुई हजार ८२१ मतसहित दोस्रो स्थानमा रहँदा रास्वपाका अमरकान्त चौधरी ३ हजार १७५ मतसहित अग्रस्थानमा छन् ।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका दिनेश कुमार यादव १ हजार ३५५ मतसहित तेस्रो स्थानमा रहँदा जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले ४०० मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण