१३ मत रहेको बाक्सा नआउँदा सङ्खुवासभामा मतगणना सुरु भएन
सारांश
- सङ्खुवासभाको भोटखोलाको मतपेटिका ल्याउन समस्या हुँदा मतगणना प्रभावित भएको छ।
- मौसम प्रतिकूलताका कारण थुदामको मतपेटिका ल्याउन आजसम्मको तयारी छ।
- दुर्गम क्षेत्रका ४ वटा मतदान केन्द्रको मतपेटिका भने हिजो हेलिकप्टरबाट ल्याइएको थियो।
विराटनगर । सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भोटखोलाको दुधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका ल्याउन समस्या हुँदा मतगणना प्रभावित भएको छ ।
उक्त केन्द्रको मतपेटिका आज ल्याउने तयारी गरिएको छ । यद्यपि सङ्खुवासभामा अझै मौसम प्रतिकूल रहेको जनाइएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकाभित्रका ४ वटा मतदान केन्द्रको मतपेटिका भने हिंजो हेलिकप्टर मार्फत ल्याइएको थियो ।
भौगोलिक रूपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाकर सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिवशक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रको मतपेटिका पनि हिंजै हेलिकप्टर मार्फत ल्याइसकिएको छ ।
थुमाम मतदान केन्द्रमा १३ मत मात्र खसेको थियो । हालसम्म जिल्लाका एक सय ६४ मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको प्रजिअ सिर्जना थपलियाले बताइन् । सबै पालिकाको मतपेटिका आइसकेपछि सर्वदलीय बैठक गरेर मत गणना सुरु गरिने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण