शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पराजयको नजिक पुगेपछि प्रदीपको प्रतिक्रिया : जनादेशप्रति सम्मान छ

शनिबार, २३ फागुन २०८२, १० : १५
शनिबार, २३ फागुन २०८२

काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामको यस्तो अपेक्षा नभएपनि जनादेशको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । 

गुल्मी १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका ज्ञवालीले मत परिणाम सार्वजनिक भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमार्फत लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुने र जनादेशप्रति सम्मान हुने बताएका हुन् । 

‘गुल्मी–१ को मतगणना उत्तरार्धतिर पुग्दै छ । विजयोन्मुख सागर ढकाल र रास्वपालाई अग्रिम बधाई १’, ज्ञवालीले लेखेका छन्, ‘शान्तिपूर्ण र स्वस्थ रूपमा निर्वाचन सम्पन्न गराउनु हुने मुख्य निर्वाचन अधिकृत, प्रजिअ लगायत सबै सुरक्षा निकाय र कर्मचारी मित्रहरूलाई धन्यवाद। निर्वाचनमा अहोरात्र खट्नुहुने सबै कमरेडहरूप्रति अगाध माया र सम्मान। यस्तो परिणामको अपेक्षा थिएन। तर लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुन्छ । त्यसैले जनादेशप्रति सम्मान छ ।’ 

जिल्लाको विकास र जिल्लावासीहरूको सुख दुखमा मलाई हमेशा साथमै पाउने बताउँदै उनले यी अप्ठ्यारा दिनहरू पनि बितेर जाने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप