यस्तो बन्दैछ एसियन हाइवे, तस्बिरहरू
सारांश
- एसियन हाइवे निर्माणले गति लिएको छ, जसले एसियाली राष्ट्रहरूलाई सडक सञ्जालमा जोड्ने लक्ष्य राखेको छ।
- काँकरभिट्टा-लौकही सडकखण्डमा ३५ प्रतिशतभन्दा बढी काम दुई वर्षमा सम्पन्न भएको छ, जसमा पूर्वी र पश्चिम खण्डमा काम भइरहेको छ।
- यो परियोजना एसियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालित छ, र यसले थाइल्याण्डदेखि पाकिस्तानसम्म सडक सञ्जाल विस्तार गर्नेछ।
काठमाडौँ । एसियाली राष्ट्रहरूलाई सडक सञ्जालबाट जोड्ने उद्देश्यले अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ ।
_msC9Nvem0n.jpg)
काँकरभिट्टा लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत भन्दा बढी काम आयोजना जानकारी दिएको छ ।
_AGTQLJT20O.jpg)
पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।
_Ud7zVogBo0.jpg)
एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरु भई म्यानमार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा १९ माघ २०८० देखि सडक निर्माण कार्य सुरु भएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
सडक क्षेत्रभित्र साना र ठुला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको छ ।
_aKxwGZeTNm.jpg)
_L9ualD72gu.jpg)
_FBUOnST5rH.jpg)
_sRqTuMBhUr.jpg)
_XASowIRehy.jpg)
_9iF5vS1HwO.jpg)
_RRk7fayLV3.jpg)
_6YmTYZt1xv.jpg)



तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण