शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुलभलाई बधाई दिँदै विष्णुले भने– गल्ती स्वीकार्दै कार्यशैली सुधार्छौ

शनिबार, २३ फागुन २०८२, ११ : ५८
शनिबार, २३ फागुन २०८२

सारांश

  • एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा हारपछि पार्टीको गल्तीको समीक्षा गर्ने बताए।
  • उनले पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्ने प्रतिबद्धता जनाए।
  • पौडेलले रुपन्देहीका जनताको सेवामा समर्पित रहने र विकासका लागि काम गर्ने बताए।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनअपेक्षा अनुसार आफैँलाई रूपान्तरण गर्न अग्रसरता लिने दावी गरेका छन् । 

रुपन्देही–२ मा पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै पौडेलले एमालेको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न पनि अग्रसरता लिने दाबी गरेका हुन् ।

‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ पौडेलले भनेका छन् ।

उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हुने भन्दै रुपन्देही क्षेत्र नम्बर २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार्ने बताएका छन् । 

निर्वाचनमा हार र जित एउटा स्वाभाविक प्रक्रिया भएको भन्दै उनले आफ्ना लागि रुपन्देही र विशेष गरी क्षेत्र नम्बर २ पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र नभएको पनि बताएका छन् । 

‘यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ’, पौडेलले भनेका छन्, ‘म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुख दुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ। यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप