३४ वर्षपछि संसद्मा मादल र गिलास शून्य
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको उपस्थिति नहुने भएको छ, जसलाई रास्वपाको जितले प्रभावित गर्यो।
- भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाललाई रास्वपाका रुकेश रञ्जितले पराजित गरे, जसले गर्दा नेमकिपाको गढ ढल्यो।
- बागलुङ-१ मा राजमोका कृष्णप्रसाद शर्मा अधिकारी रास्वपाका सुशील खड्कासँग पराजित भए, जसले गर्दा राजमो संसदमा पहिलो पटक ब्रेक लाग्यो।
काठमाडौँ । नयाँ प्रतिनिधिसभामा दुई वामपन्थी दल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा उपस्थिति नहुने भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पक्षमा देखिएको सुनामी लहरले यी दुई वामपन्थी दलको अस्तित्व सङ्कटमा परेको हो ।
संसद्मा स्थायी प्रतिपक्षको भूमिका खेलेका नेमकिपा र राजमोले यो निर्वाचनमा एक सिट पनि जित्न सकेन । २०४८ सालदेखि हरेक निर्वाचनमा विजयी हुँदै आएको नेकपाको गढ भक्तपुर–१ मा प्रेम सुवाललाई पराजित गरी रास्वपाका रुकेश रञ्जित ३३ हजार ४३६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरे ।
यस क्षेत्रमा २०४८, २०५१, २०६४, २०७० सालमा अध्यक्ष नारायणमान विजुच्छे विजयी भएका थिए । २०७४, २०७९ सालमा सुवाल विजयी भएका थिए । भक्तपुर–१ मा २०६४ सालमा नेकपा माओवादीमा देखिएको लहर र २०७४ सालमा दुई ठुला वामपन्थी दल नेकपा एमाले र माओवादी मिल्दा समेत नेमकिपालाई हराउन सकेको थिएन ।
एक दुई सिट जितेर मन्त्री तथा राजकीय पदमा नियुक्ति खान हानथाप गर्नेहरूको जमातमा नेमकिपाले संसद्मा बाहेक अन्यमा चासो दिएको थिएन । आफूले जितेको भक्तपुरमा नेककिपाले कम्युनिस्ट मोडेलमा विकास गर्दै आएको थियो । पछिल्लो चुनावी सुनामीको कारण गढ नै ढलेपछि नयाँ शिराबाट नेमकिपालाई सोच्न बाध्य बनाएको छ ।
२०४६ सालमा राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको निर्वाचनमा नेमकिपाले भक्तपुर–१ र २ जितेको थियो । २०५१ सालमा ४ सिट, २०५६ सालमा ५, २०६४ सलमा ५, २०७० सालमा ४, २०७४ र २०७९ सालमा एक/एक सिट जितेको थियो ।
नेमकिपा जस्तै संसद्मा पुगेर सरकारको खबरदारी गर्दै आएको राजमो पनि संसद्मा पहिलोपटक ब्रेक लागेको थियो । यो पार्टीले २०४८ सालदेखि लगातार संसद्मा उपस्थिति जनाउँदै आएको थियो । योपटक नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल गरी बागलुङ–१ बाट राजमोका कृष्णप्रसाद शर्मा अधिकारीले उम्मेदवारी दिएका थिए । तर उनी रास्वपाका सुशील खड्कासँग पराजित हुन पुगे ।
अधिकारी ४ हजार ५२१ मतसहित चौथो स्थानमा सीमित भए । यस क्षेत्रमा रास्वपाका सुशील खड्का २० हजार ९२७ मतसहित विजयी भए ।
दोस्रोमा कांग्रेसका भीमबहादुर श्रीस रानाको ११ हजार ९४४ मत रहेको छ । तेस्रोमा एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० मत प्राप्त गरेका छन् ।
भदौमा भएको जेनजी आन्दोलनपछि भएको यो निर्वाचनमा ३४ वर्षसम्म सत्ताको हालीमुहाली गरेका कांग्रेस, एमालेका, माओवादी बढारिएका छन् । अहिलेसम्म रास्वपाले ३५ स्थानमा विजयी गरिसक्दा ८४ स्थानमा अग्रता कायमै राखेको छ । कांग्रेस ६ स्थानमा विजय सहित ९ स्थानमा अग्रता कायमै राखेको छ । एमाले दुई स्थानमा विजयी गरी ९ स्थानमा अग्रता लिएको छ । दुई स्थानमा विजय गरेको नेपाली कम्युनिस्ट पार्टीले ७ स्थानमा अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण