मतपरिणाम
मोरङ ५ मा रास्वपाकी आशा झा विजयी
शनिबार, २३ फागुन २०८२, १६ : १८
सारांश
- मोरङ क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा विजयी भइन्।
- आशा झा ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन्।
- सो क्षेत्रबाट काँग्रेसका फुल कुमार लालवानी दोस्रो स्थानमा रहे।
विराटनगर । मोरङको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशा झा विजयी भएकी छिन् । उनले ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन् ।
सो क्षेत्रबाट दोस्रो स्थानमा काँग्रेसका फुल कुमार लालवानी भए । लालवानीले ९ हजार ४१५ मत ल्याउँदा तेस्रो स्थानमा भने जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका शिव कुमार मण्डल (केवट)ले ८ हजार ६१४, नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ र राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण