नेपालको निर्वाचनबारे भारतीय प्रधानमन्त्री मोदीले के भने ?
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन सफलताका लागि नेपाल सरकार र जनतालाई बधाई दिएका छन्।
- उनले नेपालको लोकतान्त्रिक यात्राको गौरवपूर्ण क्षणको रूपमा चित्रण गर्दै भारत नेपालको विकास र स्थिरताको पक्षमा रहेको बताए।
- मोदीले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउँदै साझा शान्ति, प्रगति र समृद्धिका लागि काम गर्न प्रतिबद्धता जनाए।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनका लागि नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै नेपाली दिदीबहिनी र दाजुभाइले यति जीवन्त रूपमा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेको देख्दा निकै खुसी लागेको उल्लेख गरेका छन्।
यस ऐतिहासिक उपलब्धिलाई उनले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गरेका छन्। छिमेकी मुलुकको हैसियतमा भारत नेपालको विकास र स्थिरताको पक्षमा रहेको सन्देश मोदीले दिएका छन्।
उनले एक नजिकको साथी र छिमेकीका नाताले भारत नेपालका जनता र यहाँ बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न सधैं प्रतिबद्ध रहेको बताएका छन्। निर्वाचनपछिको नयाँ कार्यकालमा दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै साझा शान्ति, प्रगति र समृद्धिका लागि नयाँ उचाइ चुम्ने विश्वास उनले व्यक्त गरेका छन्।
नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लाग्दा भारतीय प्रधानमन्त्रीको यो सन्देशलाई कुटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। मोदीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको पूर्ण समर्थन रहने र आगामी दिनमा दुई देशबीचको सहकार्य अझै प्रगाढ हुने संकेत दिएका छन्।
भारतले नेपालको आर्थिक र सामाजिक विकासका हरेक कदममा साथ दिने प्रतिबद्धतालाई मोदीले फेरि एकपटक दोहोर्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण