चीनमा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम
काठमाडाैँ । चीनमा सन् २०२५ मा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम गरेको छ । चीनका संस्कृति तथा पर्यटन मन्त्री सुन ये लीले शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार चिनियाँ नागरिकहरूले गरेको आन्तरिक यात्रा सङ्ख्या र पर्यटन खर्च दुवै ऐतिहासिक उच्च स्तरमा पुगेका छन्।
फेब्रुअरी १५ देखि २३ सम्म मनाइएको नौ दिने वसन्त चाड (स्प्रिङ फेस्टिभल) बिदाका क्रममा मात्रै चीनभर ५९ करोड ६० लाख आन्तरिक यात्रा गरिएको थियो । सो अवधिमा पर्यटन खर्च ८ सय अर्ब युआनभन्दा बढी पुगेको बताइएको छ, जसले पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको मन्त्री सुनले बताए।
त्यस्तै, सन् २०२५ को पूरै वर्षभरि चिनियाँ नागरिकहरूले ६ अर्ब ५० करोडभन्दा बढी आन्तरिक यात्रा गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी हो । यसैगरी, सो वर्ष चीनको आन्तरिक पर्यटन खर्च ६.३ लाख करोड युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले वृद्धि भएको हो ।
मन्त्री सुनका अनुसार चीनमा पर्यटन क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ र आन्तरिक यात्रामा आएको वृद्धि देशको आर्थिक गतिविधि र सेवा क्षेत्रमा सकारात्मक संकेतका रूपमा हेरिएको छ । उनले पर्यटन क्षेत्रलाई थप विकास गर्न सरकारले विभिन्न नीति तथा कार्यक्रममार्फत प्रवद्र्धन गरिरहेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण