महिलाको अधिकार, समानता र सशक्तीकरणमा थप सक्रिय हुनुपर्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिलाको अधिकार, समानता र सशक्तीकरण सुनिश्चित गर्न राज्य, समाज र सरोकारवाला सबै पक्ष अझ सक्रिय र संवेदनशील भएर काम गर्नुपर्ने बताएका छन्।
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले महिलाको हक–अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी तथा महिलाको अधिकारका लागि विभिन्न क्षेत्रमा क्रियाशील सबैलाई सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री आचार्यका अनुसार दिवसले महिला अधिकार, लैङ्गिक समानता तथा सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न नीतिगत तथा संस्थागत पहल अघि बढाइरहेको छ। प्रदेश सरकारले लैङ्गिकमैत्री नीति निर्माण, महिलामैत्री कार्यक्रम सञ्चालन तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न विशेष प्रयास गरिरहेको उनले बताएका छन्।
महिला अधिकार तथा लैङ्गिक समानताको प्रवर्द्धन र महिलाको सशक्तीकरणका उद्देश्यका साथ प्रत्येक वर्ष मार्च ८ लाई नारी दिवसका रूपमा विश्वभर मनाइँदै आएको छ। महिलाहरूले सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा वैज्ञानिक क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानको सम्मान गर्दै उनीहरूको क्षमता अभिवृद्धि, प्रविधिमा पहुँच विस्तार, लैङ्गिक विभेद तथा हिंसाको अन्त्य र समान अवसर सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको हो।
यस वर्ष ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने नाराका साथ महिला दिवस मनाइँदै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)
-
कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण