चुनाव जितेर संसदमा जाने क्यानका अध्यक्ष चन्दको सपनामा ब्रेक
सारांश
- नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडीबाट चुनाव लड्दा रास्वपाका उम्मेदवार हरि मोहन भण्डारीसँग पराजित भए।
- चन्दले १८ हजार १९४ मत प्राप्त गरे र दोस्रो स्थान हासिल गरे, कांग्रेसले उनलाई लामो समयपछि उम्मेदवार बनाएको थियो।
- चन्द शिक्षण पेशा छाडेर राजनीतिमा होमिएका थिए र उनले क्रिकेटको सफलतालाई चुनावी एजेन्डा बनाएका थिए।
धनगढी । बैतडीबाट चुनाव लड्दै संघीय संसदमा जान लागिपरेका नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको यात्रा ब्रेक लागेको छ।
उनी रास्वपाका उम्मेदवार हरि मोहन भण्डारीसँग ३ हजार ९४० मतको अन्तरले पराजित भए। रास्वपाका भण्डारीले २२ हजार १३४ मत प्राप्त गरेर संसदीय यात्रामा बाटो तय गर्दा उनी भने पराजित भए।
चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन्। यो मतले उनी दोस्रो बने। लामो समयपछि कांग्रेसले यहाँ चन्दको लोकप्रियता हेरेर उम्मेदवार बनाएको थियो। खेलकुद क्षेत्रका हस्तीका रूपमा रहेका चन्दका समर्थकहरू धेरै छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहेका चन्द बैतडी कांग्रेसका सभापति हुन्। तर, रास्वपाका हरिमोहन भण्डारीसँग प्रतिस्पर्धा गर्दा उनी पछि परे।
चन्द शिक्षण पेसा छाडेर राजनीतिमा होमिएका हुन्। बैतडीमा कांग्रेसका एक चर्चित नेतानै हुन्। २०४७ सालमा नेविसंघबाट राजनीति सुरु गरेका उनी शिक्षक संघको नेतृत्व गर्दै पार्टीको जिल्ला सभापति बनेका हुन्। क्यानको अध्यक्षका रूपमा दुई कार्यकाल काम गर्दा नेपाली क्रिकेटले पाएको सफलतालाई उनले आफ्नो चुनावी एजेन्डा समेत बनाएका थिए।
‘जसरी क्रिकेटलाई सफल बनाइयो, त्यसरी नै बैतडीको समग्र विकास गर्नेछु,’ भन्दै उनले मतदातासँग आग्रह गरे पनि यस पटक भने चुकेका छन्।
कांग्रेसको आफ्नो पुरानो साख फर्काउने दाउमा र चुनाव जितेर संसदमा गएर आवाज उठाउने उनको सपना यो पटक पूरा भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण