नयाँ सर्वोच्च नेता चयनसँगै इरानले इजरायलतर्फ हान्यो मिसाइल
सारांश
- इरानले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा इजरायलतर्फ मिसाइल आक्रमण सुरु गरेको छ।
- इरानले इजरायलको साथै बहराइन र कुवेतमा पनि आक्रमण गरेको बताइएको छ।
- कतारमा पनि विस्फोटको आवाज सुनिए पनि कतारको हवाई सुरक्षा प्रणालीले मिसाइल आक्रमणलाई रोकेको छ।
तेहरान । मध्यपूर्वमा बढ्दो तनावबीच इरानले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा पहिलोपटक इजरायलतर्फ मिसाइल आक्रमण सुरु गरेको जनाएको छ । इरानी सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरअआईबी)ले आफ्नो टेलिग्राम च्यानलमार्फत इरानले मिसाइलको पहिलो लहर प्रहार गरेको जानकारी दिएको हो ।
आईआरआईबीले सार्वजनिक गरेको एउटा तस्बिरमा ‘तपाईंको सेवामा, सय्यद मोज्तबा’ भन्ने नारा लेखिएको प्रक्षेपण देखाइएको छ । इरानले इजरायलको साथै बहराइन र कुवेतमा पनि आक्रमण गरेको छ । बहराइन र कुवेतमा विस्फोटको आवाज सुनिएको खबर आएको छ ।
यसैबिच अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सोमबार बिहान कतारमा कयौँ पटक विस्फोटको आवाज सुनेको भन्दै समाचार छापेको थियो । तर कतारको रक्षा मन्त्रालयले भने बिहान भएको मिसाइल आक्रमणलाई आफ्नो हवाई सुरक्षा प्रणालीले अवरोध गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण