बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहन्छ : विप्लव

सोमबार, २५ फागुन २०८२, १७ : ०८
सोमबार, २५ फागुन २०८२

सारांश

  • माओवादी महासचिव विप्लवले पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहने बताएका छन्।
  • निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा ३ प्रतिशत मत नपाएपछि विप्लवले यस्तो प्रतिक्रिया दिएका हुन्।
  • उनले परिणाम जे आए पनि जनताको बीचबाट संघर्ष जारी रहने र देश र जनताको हितमा काम गर्ने बताए।

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहने बताएका छन् । पहिलोपटक निर्वाचनमा भाग लिएको माओवादीले प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत नपाएपछि विप्लवले क्रान्ति जारी रहने बताएका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले परिणाम जे आएपनि जनताको बिचबाट डटेर संघर्ष जारी रहने बताएका छन् । ‘परिणाम जे आए पनि यो हाम्रो साझा लडाइँ हो। संसदमा पुगेर  मात्र होइन  जनताको बिचबाट देश र जनताको हितमा  डटेर संघर्ष र निर्माणको नेतृत्व  गरिनेछ । पुँजीवाद रहेसम्म समाजवादी–साम्यवादी क्रान्ति जारी रहनेछ’, उनले लेखेका छन् । 

२०७० सालदेखि निर्वाचन बहिस्कार गर्दै आएको माओवादीले योपटक १३० स्थानमा उम्मेदवारी दिएको थियो । मेहनतकासाथ जनतामाझ पुगेर पार्टीका विचार,नीति र उद्देश्य राख्नु राखेकोमा उम्मेदवार र मोर्चामा खटिने सबै नेताहरूलाई उनले धन्यवाद दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप